नोबेल शान्ति पुरस्कार पाउने जापानी सँस्था निहोन हिडान्क्योले के गर्छ ?

डिसी नेपाल
२६ असोज २०८१ १०:४७

काठमाडौँ । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई प्रदान गरिएको छ । यस संस्थालाई यो सम्मान विश्वमा आणविक हतियार विरुद्धको अभियानका लागि दिइएको हो ।

यो संगठनमा दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा भएको आणविक हमलाबाट बाँचेका व्यक्तिहरू समावेश छन् । यीनलाई हिबाकुशा भनिन्छ, निहोन हिडान्क्यो संगठन मार्फत संसारभरि आफ्नो पीडा र पीडादायी सम्झनाहरू साझा गर्छन् ।

नोबेल समितिले एक दिन आणविक हमलामा परेका यी व्यक्तिहरू अब हामीसँग नरहने तर जापानको नयाँ पुस्ताले आफ्ना सम्झना र अनुभवहरू विश्वसँग बाँड्ने र विश्वका लागि आणविक हतियारहरू कत्तिको खतरनाक छन् भनेर सम्झाउने बताएको छ ।

हाइड्रोजन बम परिक्षणपछि गठन भएको संगठन

निहोन हिडान्क्यो संगठनको स्थापना सन् १९५६ मा आणविक र हाइड्रोजन बम विरुद्धको दोस्रो विश्व सम्मेलनमा भएको थियो । अमेरिकाले सन् १९५४ मा हाइड्रोजन बमको परिक्षण गरेको थियो र त्यसको विरोध गर्न सन् १९५५ मा विश्व सम्मेलन सुरु भएको थियो ।

सन् १९४५ मा भएको आणविक हमलाको करिब १० वर्ष बितिसक्दा पनि पीडितले अमेरिकाबाट कुनै सहयोग पाएनन् । अमेरिकी सेनाले पीडितहरूलाई आणविक आक्रमणको बारेमा केही बोल्न वा लेख्न प्रतिबन्ध लगाएको थियो।

आफ्नो स्थापनाकालदेखि नै, संस्थाले आणविक हतियारबाट हुने भयावह क्षति र मानवीय पीडाका बारेमा विश्वलाई शिक्षित गर्न हिबाकुशा ९पीडित० को समूहलाई विश्वका विभिन्न भागहरूमा पठाएको छ । संस्थाले विश्वमा कतै पनि हिबाकुशाको सिर्जना हुन नदिने र विश्व ‘आणविक हतियारमुक्त’ बन्न सक्ने सुनिश्चित गर्न खोजेको छ ।

अगस्ट ६, १९४५ मा राति ८स् १५ बजे अमेरिकाले एलोना गे विमानबाट जापानको हिरोशिमा सहरमा परमाणु बम खसालेको थियो । ४३ सेकेण्ड हावामा रहेपछि विस्फोट भएको थियो । त्यसको लगत्तै, आगोको ठूलो गोला उठ्यो र वरपरको तापक्रम ३००० देखि ४००० डिग्री सेल्सियससम्म पुग्यो ।

विष्फोटले यति बलियो हावा ल्यायो कि १० सेकेन्डमै विस्फोट हिरोशिमाभर फैलियो । विस्फोटको केही मिनेटमै ७० हजार मानिसको मृत्यु भएको थियो । यस आक्रमणको तीन दिनपछि अमेरिकाले नागासाकीमा पनि परमाणु बम खसालेको थियो । यो बमलाई ुफ्याट म्यानु नाम दिइएको थियो । हिरोशिमामा खसेको बमको नाम ुलिटिल ब्वाईु थियो ।

४५०० केजी तौल भएको फ्याट म्यानमा ६।५ किलो प्लुटोनियम भरिएको थियो । नागासाकीमा राति ११स् ०२ बजे बम विस्फोट भएको थियो । यस हमलामा ४० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । आणविक हमलापछि जापानले आत्मसमर्पण गर्‍यो र दोस्रो विश्वयुद्ध समाप्त भयो ।

गत बर्ष इरानको जेलमा रहेकी नरगिसले पाएकी थिइन् नोबेल शान्ति पुरस्कार

२०२३ मा, इरानी महिला पत्रकार र कार्यकर्ता नरगिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। महिला स्वतन्त्रता र अधिकारका लागि लड्दा उनले यो पुरस्कार पाएकी हुन् । नोबेल कमिटीले इरानका महिलास् जन(जीवन(स्वतन्त्रताको नारासहित शान्ति पुरस्कार घोषणा गरेको थियो।

५१ वर्षीया नरगिस इरानको अवान जेलमा बन्दी छिन् । उनी हालसम्म १३ पटक पक्राउ परेकी छन् । पछिल्लो पटक पक्राउ परेपछि नरगिसलाई ३१ वर्ष जेल र १५४ कोर्राको सजाय सुनाइएको थियो ।

जुन २०२३ मा न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा नरगिसले ८ वर्षदेखि आफ्ना सन्तानलाई नदेखेको बताएकी थिइन् । उनले अन्तिम पटक २०२२ मा आफ्ना जुम्ल्याहा छोरी अली र कियानाको आवाज सुनेकी थिइन् ।

नोबेल शान्ति पुरस्कार १९०१ मा सुरु भएको हो । हालसम्म १११ व्यक्ति र ३१ संस्थाले यो सम्मान पाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *