ब्रह्मायणी मन्दिरमा बत्ति बालेर बसेका युवा तथा बालकहरु (तस्बिर)
काठमाडौं।नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वास अनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।
आजका दिन व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ दीप (दियो) बालेर घरदेखि मन्दिरसम्म जाने र पूजा गर्ने चलन छ । बालकदेखि बयष्क पुरुषहरु शरीरमा बत्ति बालेर घरबाट मन्दिरसम्म पुग्छन् । कतिपय भने सडकमा सुतेर हात जोड्दै घरबाट मन्दिरसम्म पुग्ने गर्छन् । शरीरमा दीप बालेर र हात जोड्दै उनीहरु घरबाट मन्दिरसम्म पुग्छन् । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
प्रतिक्रिया
Facebook Comment