काभा यू-२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित

डिसी नेपाल
२६ असोज २०८१ १८:२८

काठमाडौं। श्रीलंकामा जारी काभा यू-२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित भएको छ। शनिबार सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानसँग ३-१ सेटमा पराजित भएको हो।

यस फाइनलमा नेपालले पहिलो सेट जितेको भएपनि त्यसपछि उज्बेकिस्तानले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेर उपाधि जितेको हो। नेपालले पहिलो सेट २७-२५ ले जितेको थियो भने त्यसपछि उज्बेकिस्तानले दोस्रो सेट २५-१०, तेस्रो सेट २५-१६ र चौथो सेट २५-२० ले जितेको थियो।

यस अघि लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहेर नेपाल उज्वेकिस्तान र नेपाल फाइनल खेलेका हुन्। नेपाल लिगचरणको खेलमा पनि उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो।

लिग चरणमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो।

त्यस्तै तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको थियो भने चौथो खेलमा किर्गिस्तानलाई ३-२ को सेटमा जित हात पारेको थियो। त्यसैगरी शुक्रवार भएको लिगको अन्तिम खेलमा नेपालले तुर्किमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *