महिला टी-२० विश्वकप: श्रीलंकालाई हराउँदै न्यूजील्याण्ड सेमिफाइनलको दौडमा कायमै

काठमाडौं। जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो।
श्रीलंकाले दिएको ११६ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। यस अघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको थियो।
यो जितपछि न्यूजील्याण्डको ३ खेलमा ४ अंक भएको छ। न्यूजील्याण्डले २ जित र एक हारसहित ४ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ। न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलको दौडमा कायम रहेको छ।
त्यस्तै श्रीलंकाले भने लगातार चौथो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । अब न्यूजील्याण्डले समुह चरणको अन्तिम खेलमा सोमबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ।
Facebook Comment