खानेपानीमन्त्री यादवद्वारा भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण

डिसी नेपाल
२७ असोज २०८१ १०:०६

वीरगञ्ज। खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।

यही असोज ११ र १२ गते परेको अविरल वर्षासँगैको बाढीले खोला तटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएकामा आज उनले प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन्। भेडाहा खोलाको अनियन्त्रित बहावले विशेषगरी इस्लामपुर र आसपासका बस्तीहरूमा खेतीयोग्य जमिन कटान गर्दै ठूलो क्षति पुर्‍याएको छ ।

त्यसक्रममा स्थानीयले वर्षौंदेखि खोलाले कटान र बाढीको जोखिम पु¥याउँदै आएकाले दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माणका लागि आग्रह गरेका थिए ।

मन्त्री यादवले समस्याका दीर्घकालीन समाधान र पीडित परिवारलाई राहत सहयोगको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “यो मेरो निर्वाचन क्षेत्रमा पर्ने भएकाले यहाँका समस्या समाधान गर्नु मेरो दायित्व नै हो । त्यसैले यहाँहरूका गुनासा र मागलाई गम्भीरताका साथ लिएर दीर्घकालीन समाधानका लागि पहल गर्छु ।”

मन्त्री यादवसँगै पूर्वप्रदेशसभा सदस्य जन्नत अन्सारीलगायत पनि निरीक्षणमा पुग्नुभएको थियो । अन्सारीले यस क्षेत्रको समस्या समाधानका लागि स्थानीय निकाय र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *