कमला ह्यारिसको स्वास्थ्य परिक्षण रिपोर्ट जारी, ट्रम्पमाथि दबाब

डिसी नेपाल
२७ असोज २०८१ १०:३६

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावको क्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्य परिक्षण रिपोर्ट सार्वजनिक गरेकी छन् ।

रिपोर्ट अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको स्वास्थ्य अवस्था ‘धेरै राम्रो’ रहेको र उनी राष्ट्रपति पदका लागि पूर्णरुपमा फिट रहेको देखाएको छ ।

कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड जारी गरेपछि, डेमोक्र्याटिक पार्टीले डोनाल्ड ट्रम्पलाई उनको स्वास्थ्य रेकर्ड जारी नगरेकोमा पारदर्शिताको अभावको आरोप लगाएको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् । कमला ह्यारिसले पनि मेडिकल रेकर्डलाई लिएर ट्रम्पको आलोचना गरेकी छन् । उनले ट्रम्प अमेरिकी जनताले आफू राष्ट्रपति पदका लागि योग्य छन् वा छैनन् भन्ने थाहा पाउन् भन्ने नचाहेको आरोप लगाएकी छन् ।

ट्रम्पको मेडिकल रेकर्ड खुलासा नगरीकन, उनको टोलीले भने ट्रम्प भने पूर्ण रूपमा ठीक र उत्कृष्ट स्वास्थ्य रहेको बताएको छ । यसअघि रिपब्लिकन पार्टीले पनि वर्तमान राष्ट्रपति जो बाइडेनको स्वास्थ्यलाई लिएर हमला गर्दै आएको थियो । डेमोक्र्याटिक पार्टी भित्र पनि बाइडेनको स्वास्थ्यलाई लिएर विरोधको आवाज सुनिएको थियो।

बाइडेनको वर्तमान उमेर ८१ वर्ष र ट्रम्पको उमेर ७८ वर्ष छ । गत जुनमा ट्रम्प र बाइडेनबीचको पहिलो सार्वजनिक बहसपछि अमेरिकी चुनावमा मानसिक स्वास्थ्यको मुद्दा निकै चर्किएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *