बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस
काठमाडौँ । पाकिस्तानका पुर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा उनलाई टिम बाहिर राख्ने तयारी गरिएको छ ।
क्रिकइन्फोका अनुसार नयाँ छनौट समितिले आजमलाई टिम बाहिर राख्न सिफारिश गरेको छ ।
पाकिस्तान क्रिकेट बोर्डले हालै आलीम डार, आकिब जावेद र अजहर अलीलाई छनौट समितिको सदस्यमा नियुक्त गरेको थियो । यस अघि पाकिस्तानको छनौट समितिमा असद शफिक र एनालिष्ट हसन चीमा रहेका थिए । साथै कप्तान र प्रशिक्षक पनि छनौट समितिमा हुने गर्दछन् ।
बाबरले कप्तान पुनस् नियुक्त भएको ६ महिनापछि नै इङल्याण्डविरुद्धको टेस्ट शुरु हुनु अघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् । इङल्याण्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा खेल्दै छ ।
Facebook Comment