बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो

डिसी नेपाल
२७ असोज २०८१ १४:०८

काठमाडौँ । महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्व मन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएपछि बलिवुडका सुपरस्टार सलमान खानको सुरक्षा बढाइएको छ ।

मिडिया रिपोर्टका घटनामा ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहको संलग्नता रहेको आशंका गरिएको छ । लरेन्स ग्याङको नाम सार्वजनिक भएपछि अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाइएको छ । प्रहरीको थप टोली परिचालन गरिएको छ । अप्रिल १४ मा सलमानको घर बाहिर लरेन्स गिरोहले गोली चलाएको थियो । यस गिरोहले सलमानलाई पटक पटक धम्की दिदै आएको छ ।

बाबा सिद्दिकीको हत्या हुँदा सलमान फिल्मसिटीमा बिग बोस १८ को सुटिङ गरिरहेका थिए । खबर पाएलगत्तै उनी सुटिङ रोकेर अस्पताल पुगेका थिए । त्यसपछि उनी बाबा सिद्धिकीको घरमा समेत पुगेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

राजनीतिक मुद्दाबाट टाढा रहेका अधिकांश मानिसहरूले बाबा सिद्दिकीलाई उनको इफ्तार पार्टीका लागि चिन्थे। हरेक वर्ष रमजानको अवसरमा मुम्बईमा आयोजना हुने यो पार्टीको मुख्य आकर्षण यहाँ पुगेका सेलिब्रेटीहरू थिए । रेड कार्पेटमा साना ठूला सेलिब्रेटीहरुको उपस्थितिका कारण पार्टी चर्चामा रहने गर्दथ्यो ।

यो पार्टीले शाहरुख खान र सलमान खानबीचको वर्षौं पुरानो झगडाको अन्त्य गरेको थियो । सलमान र शाहरुखको झगडा मिलाउने श्रेय पनि बाबा सिद्दिकीलाई नै जाने गर्दछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *