लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते

डिसी नेपाल
२७ असोज २०८१ १७:२४

लमजुङ। लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। आइतबार बिहान ११ :३० बजेतिर लमजुङको सारिङबाट बेसीसहरतर्फ जाँदै गरेको जीप मकैडाँडामा दुर्घटना हुँदा १९ जना घाइते भएको लमजुङ प्रहरीले जानकारी दिएको छ।

टाउकोमा गम्भीर चोट लागेका ४ जनालाई भरतपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने बाँकी घाइतेहरू लमजुङ अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *