२० वर्षसम्म शल्यक्रिया गरिरहेका थिए ९ कक्षा पास ‘डाक्टर’, एउटा गल्तीले खुल्यो पोल

डिसी नेपाल
२७ असोज २०८१ २०:२८

काठमाडौं। थाइल्याण्डमा ९ कक्षासम्म मात्र पढेका एक व्यक्तिले आफू डाक्टर भएको दाबी गरे । उनले फर्जी डिग्रीको आधारमा डाक्टरी अभ्यास गरे । यस क्रममा उनले बिरामीको शल्यक्रिया पनि गरेका छन् । उनले विगत २० वर्षदेखि यस्तो गर्दै आएका थिए।

ओडिटी सेन्ट्रलको रिपोर्ट अनुसार यी नक्कली डाक्टरले आफूलाई प्रतिष्ठित कलेजबाट पढेका डाक्टर भनी परिचय दिएर आफ्नै क्लिनिक खोलेका थिए । उनीकहाँ मानिसहरु आ–आफ्ना व्यक्तिगत समस्याको उपचारका लागि आउने गर्थे ।

उनले यी समस्यासँग सम्बन्धित सानातिना शल्यक्रिया पनि गरे र बिरामीहरूलाई उनीहरूको रोग पूर्ण रूपमा निको हुने आश्वासन दिए। उनको विश्वास र आत्मविश्वासले मानिसहरूलाई उनीतर्फ आकर्षित गर्यो, जसका कारण उनी एक प्रतिष्ठित डाक्टरको रूपमा आफ्नो नाम बनाउन सफल भए।

सुरुमा मानिसहरूले उनको मीठो बोलीमा विश्वास गरे, जसका कारण उनको क्लिनिकमा बिरामीको लामो लाइन लाग्न थाल्यो। तर उनको दुष्कर्म तब खुल्यो जब एक बिरामीमा शल्यक्रियापछि गम्भीर संक्रमण देखियो ।

बिरामीको अवस्था गम्भीर भएपछि ती डाक्टरले ढिलासुस्ती गर्न थाले । चिकित्सकको असंवेदनशील व्यवहार र चित्तबुझ्दो जवाफ नदिँदा बिरामीलाई शंका लाग्यो । शंका बढ्दै गएपछि बिरामीले प्रहरीमा सम्पर्क गरी सम्पूर्ण घटनाबारे उजुरी दर्ता गराएका थिए।

प्रहरीले स्टिङ अपरेसनमार्फत यी नक्कली सर्जनलाई पक्राउ गरेको हो । पक्राउ पर्दा उनले आफूले न त मेडिकल पढेको न त मेडिकल लाइसेन्स नै रहेको स्वीकार गरेका थिए ।

किट्टीकोर्न सोंगरीविरुद्ध अवैध क्लिनिक सञ्चालन र लाइसेन्स बिना अभ्यास गरेको आरोपमा मुद्दा दायर गरिएको छ । यसबाहेक पीडित बिरामीले उनीविरुद्ध कानुनी कारबाही पनि अघि बढाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *