भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा

डिसी नेपाल
२८ असोज २०८१ ८:३२

काठमाडौं। जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो।

अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। त्यस्तै पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउदै १५१ रन बनाएको थियो।

यो जितसँगै अस्ट्रेलिया समूह ए मा लागातार चार जितसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ।

त्यस्तै यो हारपछि भारतको सेमिफाइनल यात्रा भने संकटमा परेको छ। भारतले ४ खेलमा २ हार र दुई जित हासिल गरेको छ। अब समुह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो आज हुने न्यूजील्याण्ड र पाकिस्तानबीचको खेलपछि लाग्ने छ। यो खेल न्यूजील्याण्डले जितेमा सेमिफाइनलमा पुग्ने छ भने भने पाकिस्तानले जितेमा भारतको सम्भावना रहने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *