बीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने

डिसी नेपाल
२८ असोज २०८१ १३:४०

काठमाडौं । बीपी राजमार्गमा भोलि (मंगलबार) बाट रुटका गाडी चलाउने पाइने भएको छ । बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरू चल्न दिइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

दशैँका लागि घर गएका सर्वसाधारण सोमबाट काठमाडौं फर्कन सुरु गरेका छन् । चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा केही समस्या भएकाले आज ती ठाउँमा सडक मर्मत गरी भोलिबाट क्युका ठुला बस समेत सञ्चालन गर्न दिने कार्यालयले जनाएको छ ।

आज साँझसम्म सडक सुधार गरी अनुमति प्राप्त सवारी साधनलाई सावधानीपूवक सञ्चालन गर्न दिन लागिएको कार्यालयले जनाएको छ । सो सडकमा यातायात सञ्चालनको लागि भोलिबाट अनुमति दिन लागिएको भए पनि सडक निक्कै जोखिमपूण रहेको छ । सो सडकको रोशीखोला खण्ड गत असोज १० गतेबाट तीन दिनसम्म भएको भीषण वर्षाको कारण आएको बाढीले क्षतविक्षत भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *