गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

डिसी नेपाल
२८ असोज २०८१ २२:१७

काँक्रेविहार। सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षका महेश पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

आज साँझ साढे ६ बजेतिर दैलेखचोकबाट आउँदै गर्दा कालिनचोकमा भे ५ प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि प्रदेश अस्पताल पु¥याइएको थियो। अस्पतालमा उपचारका क्रममा राति आठ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *