न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए

काठमाडौं। न्यूजील्याण्ड आइसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ।
गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजील्याण्ड समूह ए बाट सेमिफाइनलमा पुगेको हो।
न्यूजील्याण्डले दिएको १११ रनको लक्ष्य पछाएको पाकिस्तानले ११.४ ओभरमा अलआउट हुँदै ५६ रन मात्र बनाएको थियो।
यस अघि न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो।
यो जितपछि न्यूजील्याण्डको समुह ए मा ४ खेलमा ६ अंक भएको छ र समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ। समूह ए बाट अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
योसँगै समुह ए बाट भारत, पाकिस्तान र श्रीलंका बाहिरिएका छन्। अब समुह बि बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो आज लाग्दै छ।
प्रतिक्रिया
Facebook Comment