सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना

डिसी नेपाल
२९ असोज २०८१ १४:५२

काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ।

सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए।

प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए।

“शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसंघको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ”, सैनिक प्रवक्ता केसीले भने। हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *