सर्वोच्चको प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी

डिसी नेपाल
३० असोज २०८१ १३:२४

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ ।

संसदीय सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । निर्धारित समयमा निरौलाविरुद्ध मात्रै उजुरी परेको हो । १० दिनको समय दिएर सार्वजनिक सूचना तथा उजुरी आह्वानको म्याद मंगलबार सकिएको छ ।

एउटा उजुरी इमेलमार्फत र एउटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर दिइएको छ । स्रोतका अनुसार निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित एउटा उजुरी छ । अर्को उजुरी नियुक्ति प्रक्रियासँग सम्बन्धित छ ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीशमा कार्यरत छन् भने पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *