महिला टी-२० विश्वकप: आज पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

डिसी नेपाल
१ कार्तिक २०८१ ७:४४

काठमाडौं। जारी आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ। आज पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुँदै छ।

अस्ट्रेलिया प्रतियोगितामा अपराजित रहँदै समूह ए को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने दक्षिण अफ्रिका समूह बी को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो।

समूह चरणमा ४ खेल खेलेको दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्ध हार बेहोरेको थियो।

त्यस्तै दोस्रो सेमिफाइनल खेल भने शुक्रबार हुँदै छ। दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *