सरकारको सयदिन सफल रहेको कानुनमन्त्री चौरसियाको दाबी
पर्सा। कानुन न्याय तथा सङ्घीय मामिलामन्त्री अजयकुमार चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी गरेका छन् । उनले भने,“ प्रमुख दुई दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य दलहरुबीच सहकार्य भई गठन भएको सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेको छ ।”
नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगन्जमा दसैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहलाई बलियो बनाउन सङ्घीय सरकारले सहयोग गर्ने जानकारी दिए।
सञ्चारकर्मीका जिज्ञासामा मन्त्री चौरसियाले आगामी संसद्को हिउँदे अधिवेशनमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानुनहरु पारित हुने बताए । उनले भने, “ आगामी संसदको हिउँदे अधिवेशनमा शान्ति प्रक्रियासंग सम्बन्धित बाँकी विधेयक पनि पारित हुन्छन् । ” नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
Facebook Comment