न्यूजील्याण्डविरुद्ध भारतको शिर्ष ब्याटिंग लाइन कोल्याप्स

डिसी नेपाल
१ कार्तिक २०८१ १२:३४

काठमाडौँ । न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारतको ब्याटिंग कोल्याप्स भएको छ । बर्षाले प्रभावित बनेपछि दोस्रो दिन ढिलो गरि शुरु भएको यस टेस्टमा भारतले लन्चसम्म ६ विकेट गुमाएर ३४ रन मात्र बनाएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको भारतले लन्चसम्म केवल ३४ रन बनाएको छ भने आफ्ना महत्वपूर्ण ६ विकेट गुमाएको छ । अहिले ऋषव पन्त १५ रन बनाएर खेलिरहेका छन् ।

यस खेलमा यशश्वी जैसवाल १३, कप्तान रोहित शर्मा २, विराट कोहली, सरफराज खान, केएल राहुल र रविन्द्र जडेजा शुन्यमा आउट भएका थिए ।

भारतको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा न्यूजील्याण्डका विलियम पिटरले ३ विकेट लिए भने म्याट हेनरीले २ तथा टिम साउथीले एक विकेट लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *