बिपी राजमार्गमा सवारी चाप बढ्यो, जोखिमपूर्ण यात्रा (तस्बिरसहित)

डिसी नेपाल
१ कार्तिक २०८१ १४:३२

काठमाडाैं। बडादशैंको समापनसँगै उपत्यका फकर्ने यात्रुहरुको संख्या बढेपिछ बिपी राजमार्गमा सवारी चाप बढेको छ। बाढीपहिरोका कारण ठाँउक्षतिग्रस्त रहेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ।

बाढीपहिरोले सडक नै बगाएपछि खोलाको किनारमा डाइभर्सन बनाएर सवारी आवागमन सूचारु गराइएको छ। तर डाइभर्सन गरि बनाइएको सडकको अवस्था राम्रो नभएको र केही स्थानमा एकतर्फी भएका कारण सवारी साधान लामो जाममा पर्ने गरेका छन्।

दशैंको अगाडि सडक बगाएपछि सडक डिभिजनले यात्रुहरुको सहजताका लागि छिटो छिटो डाइभर्सन निर्माण गरेको थियो।

बाढीले क्षतिग्रस्त बनाएको काभ्रेको चौकीडाँडामा डाइभर्सन लामो भएका कारण समस्या भएकाले सम्भव भएसम्मको सडक सुधारको काम गरेको सडक डिभिजन भक्तपुरले जनाएको छ। सडक सुधारका लागि उक्त सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ।

केही दिनमा सवारी चाप क्रमश घट्दै जाने भएकाले त्यसपछि सडकको सुधार र मर्मतको कामलाई थप तीव्रता दिने सडक डिभिजनको भनाइ छ। बाढीपहिरोका कारण बिपी राजमार्गको चौकीडाँडादेखि बर्खेखोलासम्मको मुख्य सडक पूर्ण रुपमा क्षति भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *