नेपाल एयरलाइन्सले अहिलेसम्म तिर्‍याे ६ अर्ब ३२ करोड ऋण

डिसी नेपाल
१ कार्तिक २०८१ १४:५२

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ ऋण भुक्तानी गरेको जनाएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ ऋण भुक्तानी गरेको जानकारी दिएको हो।

निगमले दुई न्यारोबडी जहाजको असोज महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी गत असोज ३० गते मात्र ५३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरेको जनाएको छ।

निगमले कोरोनाका कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरी दायित्व भुक्तानीलाई सहजीकरण गरिदिनसमेत कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको र यस विषयमा छलफल भइरहेको जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *