कविता : जीवन

राज्यलक्ष्मी खतिवडा
३ कार्तिक २०८१ ७:४६

हाँसै हाँसो मात्र पनि हैन रै छ जीवन
आँसु भित्र डुब्ने हुँदो रै छ जीवन

सुखै सुख मात्रै पनि हैन रै छ जीवन
कहिले सुख कहिले दुःख यस्तै रै छ जीवन

सूर्य सँग खेल्ने मात्र हैन रै छ जीवन
बादलुमा झुम्ने हुँदो रै छ जीवन

रसै रस मात्रै पनि हैन रै छ जीवन
विना रसमा झुल्ने हुँदो रै छ जीवन

फूलै फूल मात्रै पनि हैन रै छ जीवन
कोपिलामा झर्ने हुँदो रै छ जीवन

खुशीयाली मात्र पनि हैन रै छ जीवन
हावा सँग उड्ने हुँदो रै छ जीवन

संलो पानी मात्र पनि हैन रै छ जीवन
समुद्रको छाल जस्तो हुँदो रै छ जीवन

बल्ने बत्ती मात्र पनि हैन रै छ जीवन
निभ्ने बत्ती जस्तो पनि हुँदो रै छ जीवन

हाँसै हाँसो मात्र पनि हैन रै छ जीवन
कहिले रोदन कहिले हाँसो यस्तै रै छ जीवन।

सुन्दरहरैंचा-६,दुलारी, मोरङ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *