फेवातालबाट दुई जनाको उद्धार

डिसी नेपाल
१ कार्तिक २०८१ २१:५३

गण्डकी। हावाहुरीका कारण फेवातालको बीच भागमा अलपत्र परेका दुई जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।

सशस्त्र प्रहरी बल नं २४ कालिका गणबाट फेवाताल रेस्क्यु टावरमा खटिएको टोलीले तालको बीच भागमा काठको डुङ्गामा अड्किएका रुपन्देहीको देवदह नगरपालिका–११ का २२ वर्षीय मनिष विश्वकर्मा र रूपन्देहीको देवीनगर नगरपालिका–११ का २२ वर्षीया प्रिति सुनारको उद्धार गरेको हो।

काठको डुङ्गा भाडामा लिइ फेवातालमा सवार दुवै जनाको तालको बीच भागबाट उद्धार गरिएको कालिका गणका गणपति प्रहरी उपरीक्षक अरुणकुमार शर्माले जानकारी दिए।

फेवाताल रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी बलको विशेष विपद् व्यवस्थापन टोलीले घटनाबारे जानकारी प्राप्त गर्नासाथ उनीहरुको उद्धार गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *