प्रतिपक्षी दलहरुको बैठक बस्दै

डिसी नेपाल
२ कार्तिक २०८१ ९:०४

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। प्रचण्डले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ९ बजे बस्ने गरि प्रतिपक्षी दलहरूको बैठक बोलाएका हुन्।

समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपालगायतलाई छलफलमा बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *