शंकरप्रसाद रिजालका दुई कतिवा

शंकरप्रसाद रिजाल
३ कार्तिक २०८१ ७:३३

तन्त्र, बिकास र भ्रष्टाचारी नेता

आशा देशको बिकास, निराशामा बदली गयो
सुख, समृद्ध र उन्नति, नेताको बोलीमा अड्यो

राणाको कालरात्रीले एकसय चार बिती गयो
पञ्चायती राजतन्त्रपनि चालिस बर्ष रही रह्यो

रहेन योपनि तन्त्र लोकतन्त्र बन्यो नयाँ
सारा नेताहरु उफ्रेका थे यै हाम्रो नेपालमा

जनतापनि हौसेका थे यसैको सुरुवातमा
यसैमा तीब्र भो काण्ड अनेक अध्यायमा

भ्रष्टाचार बढ्यो देशमा नेता मोटा हुँदै गए
जनता भोक र शोकले ग्रसित बन्दै गए

सेता हाती घुसे देशमा भित्र भित्र नेपालमा
जनता थर थरि काँपे यो देशसको आकासमा

जनता कुर्लिएका छन् दिनदिनै माइतीघरमा
आन्दोलन गरी नेता फाल्छौं भन्ने आबेगमा

सुन्दैनन् आजका नेता कस्तै कुर्लेपनि अब
अब देशमा बल्यो आगो ब्यबस्था सिद्धिने जब

नेता पुराना जतिछन् थोत्रा थाग्ना भएसरी
हुँदैन यसले राम्रो बन्दैछन् जनता माग्ने सरी

नयाँ युगको थालनी गरौं अब सबै मिली अनि
नयाँ नेता चुनौं अब साराको प्रिय हुन् भनी

सधैं पुराना नेताले बढ्दैन अब देशको गति
देशमा भ्रष्टाचारीहरुको सुध्रेन कहिल्यै मति

भ्रष्टाचार बन्यो हाम्रो एकमात्र बिकासनै
सदाचार बन्यो हाम्रो रुझी मरेको बिरालोझै

बोल्छन गणतन्त्रका नेता भूकम्प नै आउने गरी
खोक्छन तिनै नेता हामी देश बनाउँछौं गरी

बेइमान, माफिया ती झुण्ड लागेकाछन् वरिपरी
भ्रष्टाचार गरी हिँड्छन् पछाडि लुकी लुकी

राणा बने दुराचारी आफ्नोमात्र गरी पोस्ने
आफ्नो शासनमा आफूमात्र सोखी भै रहिरने

राजा सन्त भए सारा प्रजा जोगी बनी रहे
आफ्नो देशमा सबै सधैं निमुखा रही रहे

लोकतन्त्र भनी हिँड्ने नेता भ्रष्ट बनी हिँडे
उद्योग कारखाना सब बेची उजाड भै गए

सारा देसका युबा रुँदै बिदेसिँदै गए
अर्काको भरमा सबै मागी खाने बनी गए

रहेन देशको शान, इज्जत र बैभब
रह्यो नेपालको नाम एकमात्र सम्भब

त्योपनि गुम्लाकी भन्ने डर भो जहाँ
नेपाली ती नेपाली हैनन्, यस्तै हुन्छ भने यहाँ

आँखामा आँसुका धारा बगेकाछन् सधैंभरी
आमा बुवा रोएका छन् बर्सी आँसु गहभरी

म सक्तिन भन्छिन् आमा छोरा छोड्न कसैगरी
आमा रुन्छिन् कुना पस्दै पिता रुन्छन् बर्बरी

हेर नेपालको दृश्य आँखामा आँसु बर्सिने
सपना झ्वाट्ट देख्दामा छोरादेखि तर्सिने

छोरीको मुख त्यो सम्झिन्दा फेरि भक्कानो फुट्ने
सपना सपना नै रैछ बास्तबिकता नभेटिने

बिपनापनि सपना नै रैछ बास्तबिकता नदेखिने
आखिर आँखाको दूर नानीमा छोडी सबै मरेसरि

आशाका ताराका जीव छर्रा बनी उडेसरी
आशाका ताराका जीव छर्रा बनि उडेसरी

शितको थोपा

शितको थोपा झैं जीबन कठयाँग्रीदैछ दिनदिन
मरेको लास झैं यो देह चिसिँदैछ हरदिन
बाक्लो घामको ताप कुरेका छन् सबै जन
झरेका पात झैं हाम्रो मन रुन्छ दिनदिन

थोपा शितको थोपा कहाँ खस्छ बतासमा
त्यही थोपा कति टल्किन्छ कर्कलाको पातमा
हीरा जस्तै टल्किएको त्यो सुनौलो घाममा
आहा! त्यही थोपा खसिरहेछ त्यो शिशिर याममा

चिसो जीवनको आँसु बर्सिन्छ सितकालमा
आगो धुवांको मुस्लो निश्किन्छ हर सासमा
थोपा शितको थोपा अल्मलिएको छ फूलको पत्र पातमा
हाम्रो जीबन चलेको छ यसरी नै शितको पानीमा

हावा हुरी कतै छैन नांगा रुख यताउति
सुकेका रुखका बोट उभिएका यहाँ अति
पाखा पर्बत मैदान तुषारो छ वरिपरी
पातमा सितका थोपा नाचेका छन घरिघरी

हिमले छोपीएका छन् ती उत्तरी पाहाडमा
टुक्क्रा टलकिँदा बादल पछ्यौरा झैं आकासमा
प्रेमीले प्रेमिकालाई फकाइ ल्याउँदा जसै
झुकेका ती ठूला चुच्चा चुप छाप छन् यसै

हरिया पाहाड ती ठूला रित्ता छन् पातसब झरी
त्यो भन्दा माथि सबटुप्पा लाए सेता टोपी सरी
सुकेका ती नदीनाला पानीको खोजीमा सधै
सुस्ताउँदै बगेकाछन् झरनाहरुको आशमा सधै

जाडो खुब बढेको छ यो शिशिर याममा
पातका शितका थोपा तप्किँदै नौलो बिहानीमा
झरेको पात झैं हाम्रो उजाड छ जीबन
काँपेका छन् गरीब जनता लिइ उदास यौवन

हिउँले टम्म छोपेको होचा पहाड चम्किने
तुषारो सब मैदान चाँदी झैं झल्ल झल्किने
कुहिरो हुस्सु बिहानीको कतै केही नदेखिने
हिँड्दा मानिसले उडाएको धुँवा सबै देखिने

थोपा शितको थोपा बलेसीबाट तप्प तप्किने
आँखाबाट झरेको झैं आँसु त्यो खुब सम्झिने
दिन छोटो हुँदै जान्छ रात लामो बनिकन
बिहानी पखको बिहानीमा घाम खोजे गरिकन

आहा जाडोमा ताप मिठो न्यानो र भारपोशण
गर्मीमा शितको प्यास यो कस्तो हो जीबन
प्रकृति ती मिठी चोखी लागेकी छिन् निरन्तर
शित ताप दुवै दिइ उडी रहन्छिन् सबैतिर
शित ताप दुवै दिइ उडी रहन्छिन् सबैतिर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *