सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान

डिसी नेपाल
२ कार्तिक २०८१ ११:४३

काठमाडौं । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ हजारले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६४ हजार ४ सय पुगेको हो ।

यस अघि विहिबार सुन तोलाको एक लाख ६२ हजार ४०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *