दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु

डिसी नेपाल
२ कार्तिक २०८१ १२:४०

दाङ। दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए।

घोराहीबाट तापातर्फ जाँदै गरेकोे रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *