इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको शानदार जित

काठमाडौँ । पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्ट जितेको छ । शुक्रबार टेस्टको चौथो दिन पाकिस्तानले इङल्याण्डलाई १५२ रनले पराजित गरेको हो ।
पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछाएको इङल्याण्ड १४४ रनमा अल आउट भएको थियो ।
इङल्याण्डलाई अल आउट गर्न पाकिस्तानका नोमान अलीले ८ विकेट लिएका थिए भने साजिद खानले २ विकेट लिएका थिए ।
यस टेस्टमा पाकिस्तानले पहिलो इनिंगमा ३६६ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा २९१ रन बनाएको थियो । त्यस्तै पाकिस्तानले दोस्रो इनिंगमा २२१ रन बनाएपछि इङल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो ।
यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी भएको छ । अब टेस्टको तेस्रो खेल अक्टोबर २४ मा रावलपिण्डीमा हुने छ ।
प्रतिक्रिया
Facebook Comment