भिसा पाएपछि आजै अमेरिका जाँदै सन्दीप

डिसी नेपाल
२ कार्तिक २०८१ १५:३५

काठमाडौं। सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिका तर्फ जाने जानकारी दिएको छ।

नेपाल, स्कटल्याण्ड र अमेरिकाविच यहि अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा संचालन हुने त्रिदेशीय ओडिआई सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई अमेरिकी राजदुतावासबाट भिषा प्राप्त भएको व्यहोरा जानकारी गराउँद छौ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि पटक पटक प्रयास गर्दा पनि सन्दीपले भिसा पाएका थिएनन् । क्यानडामा भएको विश्व कप लिग टु को सिरिज खेलेर सन्दीप दशै अघि स्वदेश फर्केका थिए।

अमेरिकामा यही कार्तिक ९ बाट १९ गतेसम्म त्रिकोणात्मक सिरिज आयोजना हुदैछ । सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *