साउदी लिगमा अल हिलालको विजयी यात्रा जारी

काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल हिलालको विजयी यात्रा कायम रहेको छ। गएराति सम्पन्न खेलमा अल हिलालले अल फेइहालाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा कायम राखेको छ।
अल हिलालको जितमा मार्कोस लिओनार्दो, सलेम अलडावसारी र मोहमद अल क्वाहटानीले एक एक गोल गरेका थिए।
यो अल हिलालको यस सिजनमा ७ खेलमा सातौं जित हो । यो जितपछि अल हिललको २१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ।
प्रतिक्रिया
Facebook Comment