मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर!

डिसी नेपाल
३ कार्तिक २०८१ ८:४५

काठमाडौं। विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको प्रतिद्वन्द्वीता फुटबलप्रेमीबीच निकै चर्चित हुने गर्दछ।

आफ्नो फुटबल क्यारियरको अन्तिम चरणमा रहेका दुवै सुपरस्टारहरुको अहिले पनि उत्तिकै तुलना हुने गर्दछ। यसैबीच चर्चित म्यागजिन फोर्ब्सले जारी गरेको विश्वका धनी फुटबल खेलाडीको सूचीमा रोनाल्डोले मेसीले भन्दा दोब्बर बढी कमाई गरेको खुलेको छ।

फोर्ब्सका अनुसार अल नासरका स्टार रोनाल्डोले पछिल्लो १२ महिनामा २८५ मिलियन डलर कमाई गरेको उल्लेख छ। पछिल्लो १० बर्षमा रोनाल्डोको कमाई आकाशिएको छ। रोनाल्डोले २०१४ मा १२ महिनामा ७३ मिलियन डलर कमाएका थिए। रोनाल्डोले अल नासरसँग बार्षिक २२० मिलियन डलर पारिश्रमिक लिएका छन् भने ६५ मिलियन डलर कमर्सियल सम्झौताबाट कमाएको रिपोर्टमा उल्लेख छ।

त्यस्तै रोनाल्डोका प्रतिद्वन्द्वी मानिने मेसीले पछिल्लो १२ महिनामा १३५ मिलियन डलर कमाई गरेका छन्। मेसीले इन्टर मियामीबाट ६० मिलियन डलर पारिश्रमिक लिएका छन् भने कमर्सियल सम्झौताबाट ७५ मिलियन डलर कमाई गरेका छन्।

फोर्ब्सको सूचीमा साउदी प्रो लिगमा खेल्ने खेलाडीहरुको कमाई उच्च देखिएको छ।

फोर्ब्सको सूचीमा तेस्रो स्थानमा अल हिलालबाट खेल्ने नेइमारले ११० मिलियन कमाई गरेका छन् । उनले अल हिलालबाट बार्षिक ८० मिलियन पारिश्रमिक लिएका छन् भने कमर्सियल डिलबाट ३० मिलियन कमाइ गरेका छन्।

त्यस्तै अल इतिहादबाट खेल्ने करिम बेन्जमाले १०४ मिलियन डलर कमाई गरेका छन् । उनले अल इतिहादबाट बार्षिक सय मिलियन डलर लिएका छन् भने कमर्सियल डिलबाट ४ मिलियन लिएका छन् । उनी धेरै कमाई गर्ने फुटबलरको सूचीमा चौथो स्थानमा छन् ।

यस सूचीमा रियल म्याड्रिडबाट खेल्ने फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे पाँचौं स्थानमा छन् । एम्बाप्पेले रियल म्याड्रिडबाट ७० मिलियन डलर र कमर्सियल डिलबाट २० मिलियन डलर गरि ९० मिलियन डलर कमाई गरेका छन् ।

त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने नर्वेका इर्लिंग हालाण्डले सिटीबाट ४६ मिलियन डलर र कमर्सियल डिलबाट १४ मिलियन डलर गरी ६० मिलियन डलर कमाइ गरेका छन् । उनी फोर्ब्सको सूचीमा छैटौं स्थानमा छन् ।

यस सूचीमा सातौ स्थानमा रियल म्याड्रिडबाट खेल्ने ब्राजिलका भिनिसियस जुनियर रहेका छन् । भिनिसियसले रियलबाट ४० मिलियन र कमर्सियल डिलबाट १५ मिलियन गरि ५५ मिलियन कमाई गरेका छन् ।

त्यस्तै आठौ स्थानमा लिभरपुलबाट खेल्ने इजिप्टका मोहमद सलाह छन् । सलाहले लिभरपुलबाट बार्षिक ३५ मिलियन र कमर्सियल डिलबाट १८ मिलियन गरी १२ महिनामा ५३ मिलियन डलर कमाइ गरेका छन् ।

त्यस्तै यस सूचीमा नवौं स्थानमा अल नासरबाट खेल्ने सेनेगलका साडियो माने रहेका छन् । मानेले अल नासरबाट बार्षिक ४८ मिलियन पारिश्रमिक पाउछन भने कमर्सियल डिलबाट ४ मिलियन गरि बार्षिक ५२ मिलियन डलर कमाउछन् ।

यस सूचीमा १०औं स्थानमा म्यानचेस्टर सिटीबाट खेल्ने बेल्जियमका केभिन डी ब्रुने रहेका छन् । ब्रुनेले सिटीबाट बार्षिक ३५ मिलियन डलर र कमर्सियल डिलबाट ४ मिलियन गरि बार्षिक ३९ मिलियन डलर कमाइ गरेका छन् ।

फोर्ब्सले यस सूचीमा खेलाडीले आफ्नो विगतको लगानीबाट र अन्य क्षेत्रवाट गरेको आम्दानीलाई यस आँकडामा नजोडेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *