जापानी युवाका चार श्रीमती दुई प्रेमिका: ५४ बच्चा जन्माएर कीर्तिमान बनाउने लक्ष्य !

डिसी नेपाल
३ कार्तिक २०८१ १६:०४

काठमाडौं। जापानबाट एउटा अनौठो खबर आएको छ। उत्तरी प्रान्त होक्काइडोकी ३६ वर्षीया रयुता वतानाबेले विगत १० वर्षदेखि कुनै जागिर छैन। तर, उनको आकांक्षा भने फरक छ। उनी बिहे र घरको व्यवस्थापन मात्र गर्न चाहन्छन्। यति मात्र होइन, उनी ५० भन्दा बढी बच्चाको पिता बन्न चाहन्छन्।

वतानावेका हाल चार श्रीमती र दुई प्रेमिका छन्। यी श्रीमती र प्रेमिकाको आम्दानीबाट सम्पूर्ण घरपरिवार चल्छ। सबै भन्दा ठूलो कुरा त उनको लक्ष्य ५४ सन्तानको पिता बन्ने हो । यसरी आफुले वैवाहिक भगवानको उपाधि प्राप्त गर्न सक्ने उनको विश्वास छ।

मिडिया रिपोर्टका अनुसार वतानाबे विगत १० वर्षदेखि काम गरिरहेका छैनन् र उनी आफ्नी श्रीमती र प्रेमिकाको कमाईमा निर्भर छन्। उनीसँग अहिले १० बच्चाहरू छन्। उनी आफ्ना दुई छोराछोरी र तीन श्रीमतीसँग बस्छन्। उनीहरूले घरधनीको जिम्मेवारी लिएका छन्, जसमा घरको काम, खाना पकाउने र बच्चाहरूको हेरचाह गर्ने समावेश छ।

उनको घरायसी खर्च हरेक महिना करिब ६ हजार डलर रहेको छ, जसलाई उनका श्रीमती र प्रेमिकाले संयुक्त रुपमा दिने गर्दछन्। वतानाबेको चौथो श्रीमती पनि छन्, जो उनीभन्दा केहि वर्ष जेठी छिन्, तर उनी उनीबाट अलग भइसकेका छन् । यसबाहेक उनले सामाजिक सञ्जालमार्फत आफ्ना दुई प्रेमिकालाई भेटेका थिए । एक टेलिभिजन कार्यक्रममा उनले भनेका थिए- ‘म महिलालाई मात्र माया गर्छु, जबसम्म हामी सबै एक अर्कालाई समान रूपमा माया गर्छौं, त्यहाँ कुनै समस्या हुदैन ।’

वतानाबेको लक्ष्य जापानमा सबैभन्दा बढी बच्चा जन्माउने कीर्तिमान तोड्ने हो । टोकुगावा इनारी नामक शोगुनले आफ्नो शासनकालमा २७ रानीबाट ५३ सन्तान जन्माए । वातानाबे भन्छन्- ‘म ५४ सन्तानलाई जन्म दिन चाहन्छु ताकि मेरो नाम इतिहासमा लेखियोस् । म अझै नयाँ श्रीमती खोज्दै छु ।’

जापानमा बहुविवाह गैरकानूनी भएकाले वतानाबेले एकै पटक धेरै महिलासँग विवाह गर्न भने पाउँदैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *