सार्वजनिक सम्पति तोडफोड गर्ने आन्दोलनलाई रास्वपाले समर्थन गर्दैन: गणेश कार्की

डिसी नेपाल
३ कार्तिक २०८१ १६:४०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्ने बताएका छन्।

सभापति रवि लामिछाने पक्राउ परेपछि विभिन्न जिल्लामा सडक बन्द गर्ने, टायर बाल्ने जस्ता घटना हुन थालेपछि कार्कीले विरोधको यो तरिकालाई रास्वपाले समर्थन नगर्ने बताएका हुन्।

उनले यस्ता किसिमका आन्दोलन गर्ने रास्वपा या रवि लामिछानेका समर्थक हुन नसक्ने बताएका छन्।

उनले भनेका छन्-  

विरोधको यो तरिकालाई रास्वपाले कहिले पनि समर्थन गर्दैन। नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्दछ। यस्ता किसिमका आन्दोलन गर्ने रास्वपाका या रवि लामिछानेका समर्थक हुनै सक्दैनन्।

यसैले, नागरिकका मुद्दा अझ बढी उठाउने, विधिलाई हुबहु लागू गर्ने र गराउनेमा उपस्थित हुँदा रचनात्मक र शान्तिपूर्णरुपमा भइदिनु हुन आग्रह छ। तथा, समर्थककारूपमा घुसपैठ गरेर रास्वपाका नाममा खराब गर्ने सम्भावना रहेको हुँदा सचेत भएर त्यस्तो भेटिएमा प्रहरीलाई जिम्मा लगाइदिन हुन अनुरोध छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *