अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं। कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन्।
तेरो नम्बरमा ब्याटिङ गर्दै भुर्तेलले ३३ बलमा अर्धशतक पूरा गरेका हुन्। टी-२० खेलमा भुर्तेलको यो नवौं अर्धशतक हो।
भुर्तेलले ३ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।
अमेरिकाविरुद्धको दोस्रो टी-२० खेलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले यो समाचार तयार पार्दासम्म १५ ओभरमा ३ विकेट गुमाउँदै ११५ रन बनाएको छ।
प्रतिक्रिया
Facebook Comment