एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस् जुनियरले एक एक गोल गरेका हुन्। त्यस्तै सेल्टा भिगोका लागि एक गोल विलियट स्वेडबर्गले गरेका थिए।
यो जितपछि रियल म्याड्रिडको १० खेलमा २४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। शिर्ष स्थानमा रहेको बार्सिलोनाको ९ खेलमा २४ अंक रहेको छ। त्यसैगरी सेल्टा भिगोको १० खेलमा १३ अंक रहेको छ र लिगमा दशौँ स्थानमा छ।
प्रतिक्रिया
Facebook Comment