पोखरा पर्यटन परिषदद्वारा आरोही गुरुङलाई सम्मान

डिसी नेपाल
४ कार्तिक २०८१ २२:४७

गण्डकी। पोखरा पर्यटन परिषद्ले आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गरेका तेजन गुरुङलाई एक समारोहबीच आज पोखरामा सम्मान गरेको छ।

आरोही गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले संयुक्त रुपमा सम्मान गरेका हुन्। कार्यक्रममा महानगरपालिकाका प्रमुख अचार्यले गण्डकी प्रदेशले पर्वतीय पर्यटनका धेरै सम्भावना बोकेको बताए। आरोही गुरुङले हिमाल आरोहणमार्फत गरेको कीर्तिमानी पोखरासहित समग्र राष्ट्रकै लागि गौरवको विषय भएको उनले बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पदयात्रा र पर्वतीय पर्यटनको विकासमा जोड दिँदै गण्डकी प्रदेशका हिमालहरूमा आरोहणको क्रम बढाउनुुपर्ने आवश्यकता औँल्याए। आरोहणका माध्यमबाट गुरुङले बनाउनुुभएको कीर्तिमानी प्रशंसायोग्य भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि गुरुङले महत्वपूर्ण सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

आरोही गुरुङले विभिन्न समयमा आठ हजार मिटरभन्दा बढी उचाइका सगरमाथा, ल्होत्से, अन्नपूर्ण, मकालुु, कञ्चनजंघा, नांगा पर्वत, जि टू, जि वान, बोर्ड पिक, के टू, मनास्लुु, धौलागिरि, चोयू र शिसापन्ज्म हिमालहरू आरोहण गरेका थिए।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबहादुर गुरुङ, सचिव नारायण सुवेदी लगायतले गण्डकी प्रदेशमा पर्वतीय पर्यटनका विविध सम्भावनाबारे धारणा राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *