सेभियामाथि बार्सिलोनाको फराकिलो जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियामाथि ५-१ गोल अन्तरको जित हासिल गरेको छ । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र पाब्लो टोरेले २-२ गोल गरेका थिए भने पेड्रीले एक गोल गरेका थिए । त्यस्तै सेभियाका लागि एक गोल स्टानिश इडुम्बोले एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाको १० खेलमा २७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १० खेलमा २४ अंक रहेको छ ।
त्यसैगरी सेभियाको भने १० खेलमा १२ अंक रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment