साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै, नेपालको सामना माल्दिभ्ससँग

काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्सको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल साँझ साढे ५ बजेदेखि शुरु हुने हुनेछ ।
समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् ।नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको थियो ।
नेपालको एक अंक रहेको छ भने माल्दिभ्सअंकविहीन रहेको छ । समुह बी अन्तर्गत नै भुटान र श्रीलंकाबीच को खेल पनि आजै हुदै छ । यो खेल अपराहन्न साढे १ बजेदेखि शुरु हुँदै छ । भुटानले आफ्नो पहिलो खेलमा नेपालसँग बराबरी खेलेको थियो भने श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment