आज पनि बढ्यो सुनको मूल्य

डिसी नेपाल
५ कार्तिक २०८१ ११:०६

काठमाडौं। सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ। सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ६ सय पुगेको छ।

यस अघि आइतबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *