डोनाल्ड ट्रम्पले भने – अमेरिकी जनता ह्यारिसबाट ‘मुक्त’ हुन तयार छन्

डिसी नेपाल
५ कार्तिक २०८१ ११:४०

काठमाडौं । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले मिशिगनमा समर्थकहरूलाई सम्बोधन गरेपछि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पनि र्‍याली गरेका छन्।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पेन्सिल्भेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै भने – अमेरिकी जनता कमला ह्यारिसबाट मुक्त हुन तयार छन् ।

ट्रम्पले आफ्ना समर्थकहरुलाई सोधे – के उनीहरु चार वर्षपछि राम्रो अवस्थामा छन् ?

अमेरिकी राष्ट्रपति चुनावको अभियान अहिले अन्तिम चरणमा पुगेको छ । यसअघि डेमोक्र्याटिक उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पको स्वास्थ्यमा प्रश्न उठाएकी थिइन् ।

मिशिगनमा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा कमला ह्यारिसले भनेकी थिइन्– ट्रम्प चुनावी प्रचारबाट थकित भएकाले मिडियाको अगाडि आउनबाट जोगिन्छन् ।

कमला ह्यारिसले भनिन्, “ट्रम्पसँग अमेरिकाका लागि कुनै योजना छैन। उनी आफैंमा मात्र केन्द्रित छन् । उनी बहसबाट टाढा छन् र आफ्नो अन्तर्वार्ता रद्द गर्दै छन् ।”

ट्रम्पलाई निशाना बनाउँदै ह्यारिसले भनिन् – यदि तपाई चुनाव प्रचार गर्दा थाकेको हुनुहुन्छ भने, यसले यो प्रश्न उठाउँछ कि तपाई संसारको सबैभन्दा कठिन काम (अमेरिकाको राष्ट्रपति बन्ने) गर्न पनि सक्षम हुनुहुन्छ कि हुनुहुन्न ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *