‘यो मायालाई फकाउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
५ कार्तिक २०८१ १२:४६

काठमाडाैं। ‘यो मायालाई फकाउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्शन र एजी फिल्मस् अष्ट्रेलियासँगको सहकार्यमा निर्माणमा आइतबार सार्वजनिक गरिएको हो। गीतमा गायक सम्राट किरण र गायिका प्रीति घिमिरेको आवाज रहेको छ । यस गीतका गीतकार डिपी खनाल हुन् भने संगीतकार शंकर थापा स्माईल रहेका छन्।

विषम आचार्यको म्युजिक एरेन्जमेन्ट रहेको यस गीत सिडनीस्थित नेपमेलोको स्टूडियोमा रेकर्ड गरिएको हो। लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका प्रीति र सम्राट सिडनीका धेरैजस्तो स्टेजहरूमा व्यस्त देखिन्छन्। गायक सम्राटको यो पहिलो गीत हो।

प्रशान्त तामाङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतको भिडियोमा सञ्जीव महर्जन र एन्जिला गिरी फिर्चड छन्। भिडियोमा उनीहरुको नोकझोक र रमाइलो माया प्रेम देख्न सकिन्छ। गोपाल राय डिओपी रहेको भिडियोको सम्पादन र कलर विनोद बमले गरेका हुन्।

नेपाली सांगीतिक आकाशमा थोरै भएपनि चम्किने ठाउँ खोज्दै हिँडेका गायक सम्राटको यो पहिलो गीत तपाईँहरूलाई कस्तो लाग्छ गीत हेरेर सुनेर प्रतिक्रिया दिनुहोला ।गायक सम्राट र गायीका प्रीतीको यो कोशेलीले दर्शक तथा श्रोताहरुको मन जीत्ने आशा सहीत नेपमेलो परीवारको तर्फबाट शुभकामना ब्यक्त्त गर्न चाहन्छौ। ।

गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको निर्माण टिमले यसलाई दर्शकले मन पराउने विश्वास लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *