रास्वपामा म एक्लै छु, त्यो भीड रवि लामिछाने क्लबका सदस्यहरुको हो: मुकुल ढकाल

डिसी नेपाल
५ कार्तिक २०८१ १८:०३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व महामन्त्री डा. मुकुल ढकालले रास्वपामा आफु एक्लै भएको टिप्पणी गरेका छन्।

ढकालले रास्वपाका कार्यकर्ता आन्दोलनमा भनेर नलेख्न पत्रकारहरुलाई अनुरोध गर्दै त्यो भीड रवि लामिछाने क्लबका सदस्यहरुको भएको बताएका हुन्।

उनले भनेका छन्-

म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक। पार्टीको खास नाम अनुसार। आज रास्वपामा कोही छ त, म छु। एक्लै होला, तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु। विधिको शासन, कानुन भन्दामाथि कोहि छैन र राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु।

कृपया मिडियाका साथीहरुले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भीड रवि लामिछाने क्लबका सदस्यहरुको हो।

रास्वपा विधानमै लेखिएको छ, रास्वपाको दर्शन र प्रतिबद्धताको पहिलो बुँदामा “विधिको शासन”।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *