साफ महिला च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपालको ४ गोल

डिसी नेपाल
५ कार्तिक २०८१ १८:३०

काठमाडौं। साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो हाफमा माल्दिभ्सविरुद्ध ४–० को अग्रता लिएको छ।

नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सबिता राना मगर र प्रिती राईले एक एक गोल गरेका थिए।

समुह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि सेमिफाइनलमा पुग्न यो खेलमा फराकिलो जित हासिल गर्ने दबाबका बीच खेलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *