सामाजिक अभियन्ता उर्मिला चौधरीलाई अमेरिकी अवार्ड
काठमाडाैं। अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिंकेनले नेपालका सामाजिक अभियन्ता उर्मिला चौधरीलाई सोमबार वाशिङ्गटन डिसीस्थित ‘स्टेट डिपार्टमेन्ट’ मा ‘ग्लोवल एन्टि रेसिजम च्याम्पियनशीप’ अवार्डबाट सम्मानित गरेको छ ।
छ वर्षको उमेरमा कमलरीको रुपमा मालिकको घरमा पुगेकी चौधरी १७ वर्षको उमेरमा पढाई सुरु गर्दै अहिले मानवअधिकारको क्षेत्रमा क्रियाशील छिन् ।
प्रतिक्रिया
Facebook Comment