सिन्धुली-रामेछाप जोड्ने बेलिव्रिजको शुभारम्भ आज हुँदै

रामेछाप। बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने सुनकोसी नदीमा जडान भएको बेलिव्रिज आजबाट शुभारम्भ हुने भएको छ। मंगलबार अपराहन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बेलिव्रिजको शुभारम्भ गर्ने भएका हुन्।
गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो।
पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज बनाएको हो। नेपाली सेनाले तीन सातामै सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोडेको थियो। निर्माण सम्पन्न भएपनि पुलको मुखमा ढलान गरिएकाले यातायात सञ्चालन भने भएको थिएन।
बाढीले मन्थली, रामेछापतर्फको एउटा भाग बगाएपछि सडक सम्पर्क पूर्णरुपमा टुटेको थियो।
Facebook Comment