सुरक्षा बलसँगको भिडन्तमा पाँच संदिग्ध माओवादी मारिए

डिसी नेपाल
६ कार्तिक २०८१ ११:४१

काठमाडौं । छत्तीसगढको माओवादी प्रभावित नारायणपुर जिल्लासँग जोडिएको गडचिरोलीमा भएको भिडन्तमा सुरक्षा बलले ५ जना संदिग्ध माओवादी मारेको दाबी गरेको छ ।

मारिने माओवादीको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । गडचिरोलीका प्रहरी उपरीक्षकद्वारा जारी विज्ञप्ति अनुसार भिडन्तको यो घटना भामरागढको जंगलमा भएको हो।

विज्ञप्तिमा भनिएको छ, “महाराष्ट्रमा नोभेम्बर २० मा हुन लागेको विधानसभा चुनावलाई ध्यानमा राख्दै नक्सलवादीहरूको एउटा समूह महाराष्ट्र-छत्तीसगढ सीमामा रहेको जंगलमा भेला भएका थिए जहाँ प्रहरीमाथि हमला गर्ने योजना बनाइएको थियो।”

“त्यसपछि गडचिरोलीबाट सी-६० कमाण्डोको २२ टोली र सीमा सुरक्षा बलको दुई टोलीलाई खोजी कार्यका लागि पठाइएको थियो।”

प्रहरीका अनुसार, “जब सी-६० कमाण्डोहरू आइपुगे, त्यहाँ संदिग्ध माओवादीहरूसँग भिडन्त भएको थियो। पछि सुरक्षा बलले मुठभेड स्थलबाट पाँच संदिग्ध माओवादीको शव फेला पारेको थियो। साँझ अबेरसम्म सुरक्षा बलको थप टोली उक्त क्षेत्रमा पठाइएको थियो। जहाँ खोजी अभियान जारी छ।”

दुई दिनअघि नारायणपुरमा संदिग्ध माओवादीले गरेको बम विष्फोटमा दुई आईटीबीपीको मृत्यु भएको थियो ।

विगत केही महिनादेखि महाराष्ट्र, छत्तीसगढ, तेलंगाना, आन्ध्र प्रदेश र ओडिशाले माओवादीविरुद्ध संयुक्त अभियान चलाउँदै आएका छन् । छत्तीसगढमा मात्र जनवरीदेखि १७५ भन्दा बढी माओवादी मारिएका छन् ।

विगत १५ दिनमा मात्रै प्रहरीले मध्य भारतमा माओवादी विरुद्धको सबैभन्दा ठूलो अपरेशनमा ३८ जना संदिग्ध माओवादी मारिएको दाबी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *