डोर्टमण्डमाथि रियल म्याड्रिडको कमब्याक जित, भिनिसियसको ह्याट्रिक

डिसी नेपाल
७ कार्तिक २०८१ ७:३९

काठमाडौं। युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले डोर्टमण्डलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफमा २-० ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा ५ गोल गर्दै शानदार कमब्याक गरेको थियो।

रियल म्याड्रिडको जितमा भिनिसियस् जुनियरले ह्याट्रिक गरेका थिए। त्यस्तै एन्टोनियो रुडीगेर र लुकास भाजक्वेजले एक एक गोल गरेका थिए। त्यसैगरी डोर्टमण्डका लागि डोनीयल मालेन र जामी बिनोय गिटनले एक एक गोल गरेका थिए।

यो यस सिजनको च्याम्पियन्स लिगमा रियल म्याड्रिडको दोस्रो जित हो। ३ खेलमा ६ अंक हासिल गरेको रियल म्याड्रिड नवौं स्थानमा रहेको छ। त्यस्तै डोर्टमण्डको पनि ३ खेलमा ६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *