अमेरिकी विदेशमन्त्री ब्लिन्केन र इजरायलका प्रधानमन्त्री नेतान्याहुको भेट

डिसी नेपाल
७ कार्तिक २०८१ १२:४७

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरेका छन् । यरूशलेममा दुवैको भेट भएको थियो ।

बीबीसी संवाददाता टम बेटम्यानका अनुसार एन्टोनी ब्लिन्केनले नेतान्याहु र अन्यसँग युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्नेछन्।

इजरायलले लेबनानमा हवाई आक्रमण गरिरहेको बेला यी दुईको भेट भएको हो । इजरायलले सोमबार साँझदेखि लेबनानको दक्षिण बेरुतमा धेरै हवाई हमला गरेको छ।

इजरायल डिफेन्स फोर्सले भनेको छ “हामी हिजबुल्लाहसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरिरहेका छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *