बेंगलुरुमा निर्माणाधीन भवन भत्किँदा एक जनाको मृत्यु, सात बेपत्ता

डिसी नेपाल
७ कार्तिक २०८१ १३:२२

काठमाडौं । उत्तर बेंगलुरुमा निर्माणाधीन भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । यहाँ विगत चार दिनदेखि भारी वर्षा भइरहेको छ ।

निर्माणाधीन भवनमा फसेका अन्य आठजनाको स्थानीयवासीको सहयोगमा प्रहरी र उद्धारकर्मीले सकुशल उद्दार गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार भवन कार्डको डेक जस्तै भत्किएको थियो । पाँच जना घाइते भएका छन् ।

प्रहरी अतिरिक्त आयुक्तले पत्रकारलाई भने, ‘भवन भत्किँदा १५ कामदार त्यहाँ उपस्थित थिए ।’ अर्का प्रहरी अधिकारीले भने, ‘बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।’

अधिकांश मजदुरहरू बिहार वा कर्नाटकको यादगीरका बासिन्दा रहेको बताइएको छ। बेंगलुरु सहरमा पछिल्ला केही दिनदेखि भारी वर्षा भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *