चीनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने क्यानडाका प्रधानमन्त्रीको घोषणा

डिसी नेपाल
७ कार्तिक २०८१ १४:०३

काठमाडौं । क्यानडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले व्यापारमा अनुचित व्यवहार अपनाएको आरोप लगाएका छन् ।

ट्रुडोले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा लेखेका छन् – सस्तो स्टिल र एल्युमिनियमको साथ अन्तर्राष्ट्रिय बजारमा चीनको ठूलो प्रभाव छ।

ट्रुडोले लेखे, “उनीहरूको (चीन) अनुचित व्यापार अभ्यासले क्यानाडाली कामदारहरूलाई ठूलो नोक्सान पुर्याएको छ। हामी यसको विरुद्ध कदम चाल्दैछौं। ”

यसअघि अप्रिलको सुरुमा आफ्नो चीन भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले पनि चिनियाँ अधिकारीसँगको वार्तामा विश्व बजारमा ‘सस्तो चिनियाँ उत्पादनको प्रचुर मात्राबारे’ चिन्ता व्यक्त गरेका थिए ।

मे महिनामा राष्ट्रपति सी जिनपिङ फ्रान्सको भ्रमणमा रहेका बेला युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले पनि उनीसँग यो मुद्दा उठाएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *